सभामुख सवार साधनले बागलुङमा मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाईते
बाग्लुङ | कात्तिक १८, २०८०
फोटो: विष्णु काउचा मगर
बागलुङ: कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार साधनले बागलुङमा मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन् ।
शनिबार विहान बागलुङको भिमगिठेबाट बुर्तिबाङ तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ झ ००९३ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको ग ११ प १५७ नम्बरको मोटरसाईकललाई ढोरपाटन नगरपालिका–२ मल्कटिबाङ स्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा ठक्कर दिएको थियो ।
स्कर्पियोको ठक्करबाट मोटरसाईकल चालक निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्री बस्ने १ बर्षीय बिमल खत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान प्रकाश पौडेलले बताए । प्रहरी जवान पौडेलले घाईते खत्रीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको जानकारी दिए ।
दुर्घटनामा स्कर्पियो र मोटरसाइकल दुवैमा क्षति पुगेपनि स्कर्पियोमा सवार सभामुख र उपसभामुख सहित मोटरसाइकलमा सवार अन्य एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

